STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सगरमाथाको शिखरमा ५–जी

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २०, शनिबार

काठमाडौं (एजेन्सी)– विश्वको सर्वोच्च शिखर सगरमाथामा ५–जी दुरसंचार सेवा पुर्याइएको छ । चिनियाँ भेगबाट अब सगरमाथा चढ्ने पर्वतारोहीले अब शिखर पुगेपछि तीव्र गतिको ५–जी दुरसंचार सेवाको प्रयोग गर्न सक्नेछन् । चिनियाँ सरकारी माध्यमले शुक्रबार प्रकाशित समाचारअनुसार विश्वकै माथिल्लो भेगमा ५–जीको आधार स्टेशनको सुरुवात गरिएको छ । चिनिया दुरसञ्चार कम्पनी चाइना मोइबालका अनुसार यस आधार स्टेशन ६,५०० मिटरया उचाइमा निर्माण गरिएको छ । सिन्ह्वा समाचार एजेन्सीले दिएको जानकारी अनुसार यस आधार स्टेशनबाहेक अरु दुईवटा आधार स्टेशन क्रमशः ५,३०० मिटर र ५,८०० मिटरको उचाइमा अवस्थित छ । यी तीनैवटा स्टेशनबाट अब सगरमाथाको शिखरमा ५–जी सिग्नल प्राप्त गर्न सकिनेछ । पाँचौं पुस्ताको ५–जी दुरसंचार सेवाबाट वायरलेस सञ्चारमा बढोत्तरी भइरहेको छ । तीव्र गति र उच्च गुणस्तरको ब्याण्डविथ र नेटवर्क यसबाट प्राप्त गर्न सकिनेछ ।
Categorized in राष्ट्रिय