STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सङ्गीतकार जीतेन राईलाई साधना म्युजिक अवार्डमा ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ दिइने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २१, शनिबार

‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना गरी स्रष्टा सर्जकहरूलाई सम्मान र प्रोत्साहन गर्दै आईरहेको संस्था सामना म्युजिक क्रियसनले यस पटक सम्पन्न गर्न लागेको तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) २०७९ मा विशिष्ट गायक तथा सङ्गीतकार जीतेन राईलाई नगद राशिसहित ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९’ प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाली गीत सङ्गीतको मौलिकता, संरक्षण र प्रवर्द्धनमा गायन तथा गीत सङ्गीतको माध्यमबाट योगदान पुर्‍याउनु भएको कार्यको कदर स्वरुप उक्त सम्मान दिन लागिएको संस्थाकी अध्यक्ष साधना शाहले जानकारी दिनु भएको छ ।

पहिलो र दोस्रो अवार्ड भव्य रुपमा सम्पन्न गरिसकेको यस संस्थाले यसअघि पनि वरिष्ठ गायीका तीर्थकुमारी थापा, विशिष्ट गायक कृष्णभक्त राई जस्ता अग्रज कलाकारलाई यस्तो सम्मान गरिएको अध्यक्ष शाहले जानकारी गराउनु भएको छ ।

सो अवार्डकोलागि प्रतिस्पर्धामा उत्कृष्ट पाँच को मनोनयनमा परेका स्रष्टाबाट सर्वोत्कृष्ट कलाकारलाई नगद राशिसहित अवार्ड दिने कार्यक्रम एक भव्य समारोहबीच छिट्टै हुने बताइएको छ ।

Categorized in साहित्य-कला