STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा सम्मान पुरस्कार अर्पण गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २०, शुक्रबार

गायिका सहिमा श्रेष्ठ व सरिता शाही पनि पुरस्कृत हुने

नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको स्मृतिमा नातिकाजी स्मृति समाजले विभिन्न साङ्गीतिक हस्तीलाई पुरस्कृत गर्ने घाेषणा   गरेको  छ । हरेक वर्ष सम्माननीय राष्ट्रपतिको काे हातबाट प्रदान गरिंदै आएको याे सम्मान पुरस्कारकाे निर्णय बारेमा   सङ्गीतरत्न शम्भुजित बाँस्कोटा अध्यक्ष रहेको नातिकाजी स्मृति समाजले एक प्रेस वक्तव्य जारी गर्दै यसवर्ष सम्मान तथा पुरस्कार पाउने स्रष्टाको नाम सार्वजनिक गरिएको हो ।

नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नातिकाजी स्मृति समाजले हरेक वर्ष ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार’ प्रदान गर्दै आएको छ । यसवर्ष समाजले विभिन्न विधामा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।

समाजका सचिव विश्वनाथ घिमिरेका अनुसार यस वर्ष  ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’बाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, सङ्गीतकार ताराप्रकाश लिम्बु, गायिका सरिता शाही, एरेन्जर चाद सिंह र रेकर्डिङ तथा सङ्गीत प्रशिक्षक मनोजराज सापकोटा सम्मानित हुनुहुनेछ ।

त्यस्तै, ‘नातिकाजी राष्ट्रिय प्रतिमा पुरस्कार’ गायिका सहिमा  श्रेष्ठ, गायक सुरेश लामा तथा गायिका विपना तामाङलाई प्रदान गरिने भएको छ । ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’बाट प्रमोद उपाध्यायलाई प्रदान गरिने निर्णय गरिएको छ । यस्तै, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार-२०८२ अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिने भएको छ ।

हरेक वर्ष नातिकाजी श्रेष्ठको जन्मजयन्ती (पुस ३ गते) का दिन पुरस्कार घोषणा गर्दै आएकाेमा आमनिर्वाचन तथा विविध कारणले यस वर्षको पुरस्कार घोषणामा ढिलाइ भएको समाजका सचिव घिमिरेले जानकारी दिनुभयो । सम्मान तथा पुरस्कार सर्म्पण कार्यक्रमको मिति, समय र स्थानपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

Categorized in साहित्य-कला