STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चारकर्मी सरिता भारतीको ‘छोड सताउन’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष १२, शुक्रबार

सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी  सरिता भारती र गायक ओम सुनारको युगल स्वर रहेको नयाँ गीत ‘छोड सताउन’को भिडियो बिहीबार सार्वजनिक गरिएको छ ।

यस गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो ।

पश्चिमेली लोक भाकामा आधारित यस गीतको संगीत र संगीत संयोजन ओम सुनारले नै गरेका हुन् । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गीतलाई वरिष्ठ सञ्चारकर्मी एवं गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियो मार्फत पुर्याएका छन् । गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।  

गीतको भिडियोमा अभिनेताहरु सनम कठायत, प्रवण भुसाल, मोडलहरु प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि अभिनय गरेकी छिन् । भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत रहेका छन् ।

लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यो भिडियोमा  कोरियोग्राफी गरेका छन् । छोड सताउन गीतको भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् । नृत्य प्रधान यो लोक गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको कुरा गायक तथा गायिका ओम र सरिताले बताएका छन् ।

Categorized in साहित्य-कला