STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौँ महानगरको आग्रह

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन आग्रह गर्नुभएको छ ।

प्रमुख शाक्यले आज भएको छलफलमा सरोकारवाला कार्यालयका प्रमुखलाई भन्नुभयो, “सडक मर्मत, निर्माण र अन्य काम गर्दा शुरु कहिलेबाट गर्ने कहिलेसम्म उक्त काम सक्ने, दैनिक कामदार कति खटिनेजस्ता विषयमा विवरण बुझाउनुहोस् ।” शाक्यले भन्नुभयो, “सडक सफा गर्न बु्रमर आयात गरिएको छ, अबको केही दिनमा सफा गर्ने कार्य शुरु हुन्छ, बिहान हिँड्दा केही सद्दे देखिएको सडक बेलुका फर्कंदा खाडल बनिसकेको हुन्छ । को आउँछ ? किन खाडल बनाउँछ ? केही थाहा हुँदैन, यो समस्याको समाधान नगरी महानगरले जति गरे पनि परिणाम देखाउन सक्दैन ।” शहरी सेवा तथा सुविधा वितरणका काममा केन्द्रित छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले काम गर्दा नागरिक र अन्य साझेदारप्रति उत्तरदायी हुने संस्कारको खाँचो रहेको बताउनुभयो । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पानी परेका बेला पनि पुतलीसडक, जमलजस्ता स्थानमा डुबानमा परेर सवारी आवागमन नै अवरुद्ध हुने गरेको तथ्य उल्लेख गर्दै कमजोर पूर्वाधार सुधारमा ध्यान जानुपर्ने खाँचो औंल्याउनुभयो । बैठकमा विद्युत् प्राधिकरण रत्नपार्क शाखाका प्रमुख थिरकुमार खत्रीले बिजुली पोल र तिनमा जेलिएका तारले पु¥याएको असरको भाग प्राधिकरणलाई मात्र नदिन आग्रह गर्नुभयो । प्राधिकरणभन्दा इन्टरनेट र केबुल सेवा प्रदायक निजी क्षेत्रले तारले समस्या पारेको उहाँको भनाइ थियो । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले पहिलो चरणको अधिकांश काम सकिएको जानकारी दिँदै दोस्रो चरणको काम गर्दा महानगरलाई जानकारी दिएर मात्र काम थाल्ने बताउनुभयो ।

Categorized in उपत्यका