STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सडक स्तरोन्नति गर्ने कार्य शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

बागलुङका  विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी कूल रु एक करोड ३७ लाख बराबरको बजेटमा सडकको स्तरोन्नतिको काम थालिएको हो । हाल रहेको एकतर्फी सडक चौँडा गरेर आठ मिटर बनाएपछि दोहोरो गाडी गुड्न सक्ने बनाइनेछ ।
यो सडकमै यसै आर्थिक वर्षमा पक्की नाली र पर्खाल पनि बनाइनेछ । ग्रेड नमिलेका केही स्थानको २०० मिटर खण्डमा सडकलाई ढलान गरी सुधार गरिने ठेकेदार कम्पनी विके कन्सट्रक्सनका प्रमुख प्रकाश घर्तीमगरले बताउनुभयो । यो सडकको स्तरोन्नतिपछि दक्षिण बागलुङका दर्जन बढी गाउँमा आवतजावत सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । साँघुरो सडकका कारण अहिले यात्रुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । शनिबार प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले सडकको शिलान्यास गर्नुभयोे ।
 
सांसद पाठकले कानून निर्माणमा व्यस्त हुनुपर्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको बताउँदै आगामी दिनमा विकास निर्माणको काममा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्रामीण भेगमा उत्पादन हुने सामग्री बजारसम्म पु¥याउन, पर्यटकीय गन्तव्य थप गर्न र युवालाई स्वरोजगरमूलक बनाउन ग्रामीण सडक सहज बन्नुपर्ने खाँचो रहेको पाठकले बताउनुभयो ।
 
Categorized in राष्ट्रिय