STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सताक्षीधाममा धार्मिक महोत्सवको तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार

महाभारतकालीन इतिहाससँग जोडिएको झापाको धार्मिक पर्यटकीयस्थल सताक्षीधाममा १०८ कुण्डको कोटीहोम एवं महोत्सव हुने भएको छ । यही कात्तिक २७ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने सताक्षीधाम धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोमको लागि आइतबार झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा सङ्घसंस्थाहरूसँग छलफल गरिएको छ । महोत्सवलाई सफल पार्नका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमितिसमेत गठन गरिएको धामका आचार्य नन्दकिशोर भारद्वाजले बताउनुभयो । गोलोक गोवद्र्धन गौशाला कोटीहोमको आयोजनामा हुने कार्यक्रममा रु दुई करोड तीन लाख खर्च हुने अनुमान गरिएको सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो । पर्यटन वर्ष २०२० लाई लक्षित गरी शिवसताक्षी नगरपालिका–८ मा रहेको सतासीधाममा गरिन लागेको यज्ञ पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण हुने र विश्वका विभिन्न देशबाट पाँच लाख भक्तजनलाई उपस्थिति गराउने लक्ष्य रहेको मूल समितिका संयोजक पोर्तेलले बताउनुभयो । राजमार्गबाट पाँच किलोमिटर उत्तरमा रहेको धाममा आउने पर्यटकलाई सजिलो बनाउनका लागि यातायातको व्यवस्था गर्ने, एक सय बढी अस्थायी शौचालय बनाउने, अतिथिलाई बसोबास गर्नका लागि झापाका पर्यटकीयस्थलका नाम जोडिएका कुटीहरू निर्माण गर्ने, सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउने उद्देश्यले छलफल गरिएको नगरपालिकाका प्रमुख चन्द्र शेर्माले बताउनुभयो ।
Categorized in राष्ट्रिय