सत्ताइसलाई छात्रवृत्ति
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
रुकुमपूर्वका गरीब तथा जेहेन्दार २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित पुथा हिमालय माविका गरीब तथा जेहेन्दार २७ छात्रछात्रालाई पोखरास्थित कर्म फ्लाइट्स फाउन्डेशनले वर्ष दिनसम्म पुग्ने गरी नगद, शैक्षिक सामग्री र सरसफाइका सामग्री प्रदान गरेको हो । गरीब र जेहेन्दार विद्यार्थीको पढाइमा निरन्तरता र गुणस्तरीय बनाउन छात्रावृत्तिस्वरुप ती सामग्री प्रदान गरिएको उक्त संस्थाका संयोजक राजु दासले बताउनुभयो । तीन वर्षदेखि उक्त विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग, शैक्षिक सामग्री, न्यानो ज्याकेटलगायत सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिँदै संयोजक दासले दाता संस्थाको सहयोगबाट यस्तो कार्य भएको बताउनुभयो ।
छात्रवृत्ति पाउनेमा गरीब, आमाबुबा गुमाएका, आमाले देस्रो विवाह गरेर गएका र विचल्लीमा परेका बालबालिका छन् । छात्रवृत्ति पाएपछि पुथा हिमालय माविका विद्यार्थी तथा उनीहरुका अभिभावकले खुशी व्यक्त गरेका छन् । त्यसै विद्यालयमा अध्यनरत छात्रा बबिका पुनले छात्रवृत्ति पाएपछि अध्यनमा आफूलाई ठूलो राहत मिलेको बताइन् । उनले भनिन्, “बाबाले कमाएको पैसाले घर चलाउन मुस्किल हुन्छ, यस्तो अवस्थामा छात्रावृत्ति पाएपछि भने आफूमा हौसला बढेको छ ।”
Categorized in राष्ट्रिय


