STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्यमोहन जोशी लोक साहित्य भवनको उदघाटन सम्पन्न

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ४, मंगलबार

वाङ्मय शताब्दी पुरुष विशिष्ट संस्कृतिविद् डा. सत्यमोहन जोशीको निवास परिसरमा उहाँले नै प्रदान गर्नुभएको जग्गामा निर्मित सत्यमोहन जोशी लोक साहित्य भवन समुद्घाटन समारोह आज सम्पन्न भएको छ । प्रदेश सांसद ज्ञानेन्द्र शाक्य र विघटित प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जन द्वारा संयुक्त रुपमा उदघाटन गर्नु भएको हो ।

लोक साहित्य परिषदका अध्यक्ष प्रेमशान्ति तुलाधर को सभापतित्वमा सम्पन्न सो उदघाटन समारोहमा परिषदका उपाध्यक्ष लक्ष्मीशोभा शाक्यले स्वागत मन्तव्य राख्दै परिषदकाे परिचय प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष बासुदेव श्रेष्ठले उक्त भवन निर्माणमा लागेको खर्च विवरण पेश गर्नु भएको थियो ।

सो समारोहमा भारतिय राजदुतावास का प्रतिनिधि केदारनाथ शर्मां लोक साहित्य भवन निर्माणमा दुतावासको तर्फबाट सक्दो सहयोग जुटाउने प्रतिबद्धता पोख्नु भयो।

कार्यक्रममा निर्मला श्रेष्ठद्वारा लिखित शोधग्रन्थ 'हस्तलिखित नेपाल लय्को‌पाैकाे विश्लेषणात्मक अध्ययन' पुस्तककाे विमोचन गरिएको थियो भने लोक साहित्य परिषदका संरक्षक वाङ्मय शताब्दी पुरुष विशिष्ट संस्कृतिविद् डा. सत्यमोहन जोशीले लोक साहित्य परिषदले नेपाल को सबै भाषा र वर्गका साहित्य र संस्कृतिको संरक्षण सम्बर्द्दन गर्ने र अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा अघि बढ्ने कुरा बताउनु भयो ।

Categorized in उपत्यका