STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्र अर्ब राजश्व सङ्कलन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा रु १५ अर्ब ५२ करोड ६० लाख १३ हजार उठेको छ । त्यसैगरी आयकरमा रु ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि करमा रु ८७ करोड ४९ लाख ५४ हजार, ब्याज करमा रु आठ करोड तीन लाख १० हजार, बहाल करमा रु चार करोड १३ लाख १७ हजार, स्वास्थ्य सेवा करमा रु दुई करोड ७१ लाख ५० हजार र शिक्षा सेवा करमा रु एक करोड २० लाख ४४ हजार राजश्व सङ्कलन भएको छ । आर्थिक ऐनले छुट र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेपछि बहालकर, स्वास्थ्य र शिक्षा सेवा कर अघिल्लो आर्थिक वर्षको बाँकी बक्यौता मात्र उठेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार चालू आवको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजारको राजश्व उठाउने लक्ष्य तोकिएको छ । गत आवमा कार्यालयले रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व सङ्कलन गरेको थियो । हरेक वर्ष राजश्व बढ्दो छ । कार्यालयले चितवन जिल्ला र पूर्वी नवलपरासी हेर्दै आएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धि करमा आठ हजार ४३५ करदाता रहेका छन् । यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् । प्रमुख रिजालले कर्मचारी, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ एवं करदाताको सक्रिय सहभागिताका कारण वर्षेनी कर बढ्दै गएको बताउनुभयो । कार्यालयले विभिन्न विधिबाट गोप्यरूपमा अनुगमनसमेत गरी कर छली गर्नेलाई कारवाहीसमेत गर्दै आएको छ ।
Categorized in राष्ट्रिय