STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सनसिटी अपार्टमेन्टका दुईमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १६ पुग्यो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार

काठमाडौं– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । र्यापिड टेष्टमा सनसिटीमा बसिरहेका एकै परिवारका तीनजनाको परीक्षण पोजेटिभ आएपछि सोमबार उनीहरुलाई पाटन अस्पताल लगिएको थियो । उनीहरुको स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा दुईजनामा परीक्षण पोजेटिभ आएको पाटन अस्पतालले जनाएको छ । एकजनाको रिपोर्ट आउन बाँकी छ । चैत ५ गते लण्डनमा फर्किएका र सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ । योसँगै अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ । प्रहरीले सोमबारै अपार्टमेन्टलाई शिलबन्दी गरिसकेको छ ।
Categorized in राष्ट्रिय