STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सभामुखले आज बाेलाए सर्वदलीय बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २, सोमबार

फागुन २, काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ । 

सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको  छ । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीर्कत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ । सर्वदलीय बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरू समेत बस्ने बताइएको छ ।

यसअघि सभामुखले बोलाएको बैठकमा सहभागी नभएको एमालेले आजको बैठकमा सहभागी हुने–नहुने निश्चित भइसकेको छैन ।

Categorized in राजनीति