STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाचार समितिले छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने

Janjati Khabar | २०८१ आश्विन ४, शुक्रबार

राष्ट्रिय समाचार समिति (रासस) ले अब छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने भएको छ । नेपालभाषामा समाचार सेवा संचालन गर्नको निम्ति हिजो राससले आफ्नो कार्यालयमा नेपालभाषाका अगुवा पत्रकारहरूसँग एक छलफल कार्यक्रमको आयोजना ग¥यो । छलफल कार्यक्रममा बोल्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यको समावेशीताको नीतिलाई अवलम्वन गर्ने बताउनुभयो । उहाँले राससको तर्फबाट विभिन्न भाषामा समाचार सेवा प्रदान गर्ने कार्यक्रम अगाडि ल्याएको बताउँदै अबको १÷२ महिनाभित्र नेपालभाषामा समाचार सेवा दिइने बताउनुभयो । यसैगरी राससका नायब महाप्रवन्धक राजु शाक्यले राससले २०७४ सालदेखिनै समावेशीताको मर्म अनुसार विभिन्न भाषामा समाचार सेवा दिने तयारी गरेको भएतापनि उक्त समयमा बजेट अभावको कारण त्यस्तो कार्यक्रम दिन नसकेकोमा अब भने संचार मन्त्रालयबाट नै बजेटको व्यवस्था भएको बताउनुभयो । यसैगरी अर्का नायब महाप्रबन्धक सोमनाथ लामिछानेले नेपाली र अंग्रेजी भाषा बाहेक अन्य मातृभाषा सेवालाई निःशुल्क गर्ने बारे छलफल भइरहेको बताउनुभयो । राससका प्रधानसम्पादक उत्तम सिलवाले नेपालभाषामा समाचार सेवालाई निरन्तरता दिन सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । राससबाट प्रकाशन हुने नेपालभाषा सेवाको मानक काठमाडौंका नेवाः समुदायले बोल्ने र लेख्ने भाषा हुने उहाँले बताउनुभयो । छलफल कार्यक्रममा भाषा आयोगका सदस्य सुरेश मानन्धर, सन्ध्या टाइम्स प्रकाशन प्रा.लिका अध्यक्ष एवम् गोरखापत्रबाट प्रकाशन हुने नेपालभाषा पृष्ठका संयोजक रमेशकाजी स्थापित, ईलोहं प्रकाशनका प्रबन्धक नरेशवीर शाक्य, नेवाः अनलाइनखबरका प्रबन्धक सम्पादक सुजीव वज्राचार्य, ई छापा डटकमका सम्पादक ज्ञानराम श्रेष्ठ, नेपालभाषा टाइम्सका सम्पादक तेजनारायण महर्जन, स्तम्भकार अस्मित मल्ल, नेपाः टिभीका कार्यकारी निर्देशक रामकृष्ण खड्गी, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव केके मानन्धर, कोषाध्यक्ष बाबुकाजी साछेँ, माउन्टेन टेलिभिजनका नेपालभाषा डेस्क प्रमुख विशन्तर शाक्य लगायतकाहरुको उपस्थिति रहेको थियो । उपस्थितहरुले समाचार अनुवाद गर्ने मात्र होइन, नेवाः समुदायको विषयमा पनि राससमा समाचार आउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Categorized in राष्ट्रिय