समाजवादीको अभियन्ता भेला सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार
काठमाडौं – समाजवादी पार्टी काठमाडौं जिल्लाले अभियन्ता भेलाको आयोजना गरेको छ । माघ २५ गते सम्पन्न भेलामा सम्पदा संरक्षणलगायत विविध अभियानमा लागेका अभियन्ताहरुको उपस्थिति थियो ।
भेलामा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिटी संरक्षणको आह्वानमा निकालिएको र्यालीमा समितिको तर्फबाट झण्डासहित सहभागिता जनाएको बताए ।
अभियन्ता राजाराम तण्डुकारले आफूले पहिलेदेखि नै सम्पदा, संस्कृति संरक्षणमा सक्रिय रहेको र समाजवादी पार्टीको उद्देश्य आफूसँग मेल खाएकोले पार्टीसँगै लागेको बताए ।
यसैगरी, पत्रकार विराजकाजी राजोपाध्यायले आफू कुनै पनि पार्टीको विरोधी वा समर्थक नरहेको, केवल सुचनायात सही ढङ्गले सम्प्रेषण गर्दै आएको बताए ।
कार्यक्रमलाई नेवार अगुवा डा. महेशमान श्रेष्ठ, पवित्र वज्राचार्य र डा. पुष्पराज राजकर्णिकारले पनि सम्बोधन गरेका थिए ।
Categorized in राष्ट्रिय