STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समाधान भएन जडीबुटी जामको समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ६, शुक्रबार

अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला रु सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ । तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ लाग्ने गरेको छ । जडीबुटीमा रहेको सवारी जामका कारण त्यहाँबाट भक्तपुर वा पेप्सीकोलातर्फ जाने सवारीसाधन लामो समय रोकिने गरेका छन् । बर्सेनी काठमाडाँै उपत्यकाका सडकमा थपिएका सवारीसाधनका कारण उपत्यकाका विभिन्न चोकहरु जस्तै यस चोकमा सवारी चाप बढ्दो छ । काठमाडौँका कतिपय चोकहरुमा जाम हुँदा त्यसको विकल्प भए पनि यस चोकको विकल्प नहुँदा चालक र यात्रु हैरान भएका हुन् । सरकारले ललितपुरतर्फ जाने सवारीसाधनलाई लोकन्थलीबाट ‘डार्भशन’ गरेर मनोहरा करिडोर पठाउने गरे पनि सवारी जाम त्यति कम भएको पाइँदैन । यस चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण गर्ने सरकारले योजना बनाए पनि निर्माणको काम अघि बढिसकेको छैन । माइतीघर–सूर्यविनायक सडक विस्तार गरेको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले यहाँ अन्डर पास निर्माणमा चासो देखाइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञावलीले बताउनुभयो । निवर्तमान मन्त्री रघुवीर महासेठ भने जाइकासँगको सहकार्यमा निर्माण गर्नेभन्दा पनि सरकार आफैँले निर्माण गर्ने योजना रहेको बताउनुभएको थियो । जाइका र नेपाल सरकार दुवैले आ–आफ्ना हिसाबले विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार पारिसकेका छन् । सरकारले आफैँले पनि निर्माण गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गरेको अध्ययनका आधारमा निर्माणमा कठिनाइ देखिएको छैन ।” सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनबहादुर थापाले विमानस्थलको क्षेत्रभित्रै अन्डर पास निर्माण गर्नु नै सबैभन्दा उत्तम हुने बताउनुभयो । विश्वका धेरै देशहरुमा माथि ‘रन वे’ र तल ‘अन्डर पास’ हुने गरेको उहाँको भनाइ छ । यस स्थानमा नेपाल सरकारले पनि अध्ययन गरेको र जाइकाले पनि गरेको अध्ययनका आधारमा उपयुक्त विकल्प खोज्न सकिने उहाँको भनाइ छ । आफूहरु जापानी टोलीसँग पटकपटक वार्तामा बसिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफैँले निर्माण गर्न हामीसँग प्राविधिक विश्वास ९टेक्निकल कन्भिडेन्स० नभएकाले वैदेशिक सहयोगमा पनि गर्न सकिने देखिन्छ ।” पूर्वाधारविद् सूर्यराज आचार्यले ‘फ्लाई ओभर’ वा ‘अन्डर पास’ निर्माण मात्रै सवारी जामको समाधन नभएको बताउनुभयो । काठमाडौँ उपत्यकाको समग्र सडक सञ्जालको अध्ययन गर्नुपर्नेमा उहाँको जोड छ । एक ठाउँको मात्रै समाधान खोज्दा त्यो समस्या अन्यत्र सर्न सक्छ । अहिले जडीबुटीमा रहेको जस्तै समस्या बानेश्वरमा सर्ने र त्यहाँको समाधान खोज्दा थापाथलीमा पनि सर्न सक्ने उहाँले बताउनुभयो । एक ठाउँ मात्रै भन्दा पनि समग्र काठमाडौँको सवारी चाप बढिरहेकाले निजी सवारीसाधनभन्दा ठूला क्षमताका सार्वजनिक सवारीसाधनलाई बढावा दिनुपर्ने उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको विकल्प छैन । उहाँले भन्नुभयो, “फ्लाई ओभर, अन्डर पास निर्माणसँगै दीर्घकालीन समाधानतर्फ पनि जानैपर्छ ।” मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण भएको छ । जडीबुटी चोकबाट ललितपुरतर्फ जाने सवारीसाधनलाई मनोहरास्थित आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि सहयोग पुगे पनि चोकमा सवारी चाप उत्तिकै देखिन्छ । यहाँ रहेको सडक पुल कम चौडाइको हुँदा जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक घण्टौँसम्म जाम पर्ने गरेका छन् । काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । गत महिना नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’ बाट निर्माण शुरु भएको छ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय