STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सम्पादकहरूसँग ओली : नेपाल श्रील‍ंकाकै हालतमा पुग्नसक्ने ओलीको चिन्ता

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २८, मंगलबार

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिका कारण नेपाल पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्दै ओलीले भने, 'अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ,अहिले नै सतर्क हुनुपर्छ।'

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले पनि नेपाललाइ श्रीलंकाकै स्थितिमा पुर्‍याउने बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र हतियार खरिदका विषय अर्थमन्त्रीको तहबाट मात्र नभएको ओलीले बताए । उनले धुमाउराे किसिमले भने, 'यसमा प्रधानमन्त्री शेरबहादुर देउवासहति सत्ता गठबन्धन दलका शिर्ष नेताहरूकाे समेत संलग्नता छ ।

यसअघि माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि नेपाल ढिलाे चाँडाे श्रीलंकाकै स्थितिमा पुग्ने दावी गरेका छन् ।स्वार्थी राजनीतिको बोलवाला, आसेपासे एवं दलालीकृत सत्ता, प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो नेपाल पनि श्रीलंकाकै स्थितिमा पुग्ने श्रेष्ठकाे भनाइ थियाे ।

Categorized in राजनीति