सरकारको प्रवक्ता बन्न रविले मानेनन्, विष्णु पौडेललाई दिइयो जिम्मेवारी
Janjati Khabar – Janjati Khabar | २०७९ पौष ११, सोमबार
काठमाडौं - सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ ।
सुरुमा सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दिइए पनि लामिछानले नमानेपछि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री नबनेसम्मका लागि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको छ ।
Categorized in राजनीति

