STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारले बेवास्ता गरेको भन्दै डा. गोविन्द केसीले तोडे अनशन

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ३, बिहिबार

काठमाडौं - डा..गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए । 

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो । 

त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् । 

Categorized in राष्ट्रिय