STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारले ल्याए आर्थिक श्वेतपत्र : ओली सरकारको पालामा अर्थतन्त्र खस्कियो

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २६, मंगलबार

काठमाडौं - सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी समेट्दै स्वेशतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।

अर्थमन्त्री शर्माले संसदमा जारी गरेकाे  स्वेतपत्रमा २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको उल्लेख छ ।

‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् ।

संघीय संसद् मार्फत् अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको ‘श्वेतपत्र’ मा अघिल्लो केपी ओली नेतृत्वको सरकारका पालामा मुलुकको अर्थतन्त्र खासै सुध्रन नसकेको बरु अघिको भन्दा पनि खस्किन पुगेको जिकिर गरिएको छ ।

केपी ओली नेतृत्वको ५ वर्षे स्थायी सरकार आउनुपूर्वको भन्दा पनि थप मुलुकको आर्थिक वृद्धिदर खस्किएर २.१ प्रतिशतले ऋणात्मक भएको, मूल्य वृद्धि नियन्त्रणमा खासै उपलब्धी नभएको, कुल गार्हस्थ्य​ उत्पादनको उपभोगमा तिब्रता आएको, राष्ट्रिय उत्पादनमा ह्रास आएको, आयात वृद्धि भई शोधनान्तर घाटा १५ अर्ब १५ करोड माथि पुगेको, विदेशी मुद्राको सञ्चिति घटेको, सार्वजनिक ऋण बढेर राष्ट्रिय बजेटको आकार भन्दा पनि ठूलो भएको लगायतको आरोप लगाइएको छ ।

Categorized in राजनीति