STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन  नेता पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाउनुभयो ।
  विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै  नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको छ भन्नुभयो । 
काङ्ग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गर्नुभयो । गाउँमा नै बसौँबसाँै बनाउने काङ्ग्रेसको अभियान अझै पूरा हुननसकेको बताउँदै उहाँले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार राख्नुभयो ।
जनतालाई साथमा लिएर काङ्ग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै काङ्ग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।” 
    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा काङ्ग्रेस पुनःजीवित हुने दाबी गर्नुभयो । 
   वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँका दश स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको थियो ।
Categorized in राष्ट्रिय