STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारविरुद्ध प्रदर्शन तथा सिठ्ठी जुलुस

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ९, मंगलबार

काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा दुई समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीसहितका ११ दल र स्वतन्त्र नारीको नाममा एक समूहले प्रदर्शन गरेको हो । ११ दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन र सभा गरे । स्वतन्त्र नारी नामको समूहले पनि विभिन्न नारा लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले सरकारलाई चुरा लगाई बस्न भन्ने जस्ता नारा भएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसैगरी पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ । अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी र्‍याली भएको हो ।
Categorized in राजनीति