STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारसँग ४ बुँदे सहमतिपछि उखु किसानको आन्दोलन स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १४, मंगलबार

काठमाडौं – चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको हाे ।

किसान प्रतिनिधिसंग भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।

यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १२० भित्र प्रतिवेदन पेस गर्न पनि सम्झौता भएको छ।

Categorized in राष्ट्रिय