STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरिता लामिछानेलाई करिश्मा र रेखाले साथ दिने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

नेपाल चलचित्र कलाकार संघको आगामी निर्वाचनकोलागि आफ्नो उम्मेदवारी बारेमा जानकारी गराउने उद्देश्यले सरिता लामिछानेको निमन्त्रणामा मंगलबार नेपाली चलचित्रका नायिकाहरु काठमाडौंमा तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा भेला भएर आसन्न निर्वाचन बारेमा छलफल गरेका छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरितालाई साथ दिन मञ्चमा गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापाहरु छलफलमा सहभागी भएका थिए भने राजधानीमा आयोजित चुनावी कार्यक्रममा लामिछानेको साथमा नायिक करिश्मा मानन्धर, अभिनेता रमेश उप्रेती, गौरी मल्ल र रेखा थापा लगायतका कलाकार देखिएको छ । नेपाली चलचित्र जगतका हस्तिहरु लामिछानेको साथ देखिएपछि अध्यक्ष पद उनकै हातमा नजाला भन्न नसिकने चलचित्रकर्मीहरुले भन्नेहरु पनि छन् भने चुनाव उठेका अन्य महिला कलाकारहरु रेजिना उप्रेती, कविता गेलाल शर्मा, पवित्रा आचार्यले सरितालाई कति साथ दिने हो भन्ने अहिले मुख्य चर्चाको विषय बनेको छ । गत चैत २३ गते तोकिएको संघको निर्वाचन अध्यक्ष पदमा उम्मेद्वारी दिएकी उनै सरिताविरुद्ध उजुरी परेपछि रोकिएको थियो। लामिछानेविरुद्ध सुरज आरडी लगायतका कलाकारहरुले ले उजुरी दिएका थिए भने सोही विवाद निरुपणको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले नीर शाहको संयोजकत्वमा बसुन्धरा भुसाल, रमेश बुढाथोकी, कृष्ण मल्ल लगायतको विशिष्ट कलाकार सम्मिलित एक तदर्थ समिति गठन गठन गरेको थियो । सो समितिले आवश्यक छानबिन गरी विवाद निरुपण पश्चात यही जेठ २५गते चलचित्र कलाकार संघको निर्वाचन तय गरेको थियो। निर्वाचन सम्पन्न गर्न चलचित्र निर्देशक एवं कानून व्यवसायी राजेन्द्र शलभको संयोजकत्वमा पत्रकार एवं अधिवक्ता विजय रत्न तुलाधर र वरिष्ठ अधिवक्ता एवं सोही संघको कानुनी सल्लाहकार शम्भु निरौला समेतको ३ सदस्यीय निर्वाचन समिती गठन गरीएको छ भने सोही समितिले निर्वाचन सम्पन्न गर्ने प्रक्रिया थालेको हो । संघको निर्वाचनमा अध्यक्ष पदमा सरिताका र्पत्याशी रविन्द्र खड्का रहेका छन्।
Categorized in राष्ट्रिय