सविनको शव परिवारलाई लगाइयो जिम्मा
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १९, मंगलबार
काठमाडौं - तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ ।
त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो । सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो ।
पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
१५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
Categorized in राष्ट्रिय

