relans
ni new 83
nib 2082 5

सशक्त सन्चारकर्मी गीता अधिकारीको नयाँ गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण १४, शनिबार

सशक्त सन्चारकर्मिका रुपमा ख्यातिप्राप्त गीता अधिकारीद्वारा रचित नयाँ गीत तीज गीत ‘छम्म छम्म नाचौँ न’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । सो  म्युजिक भिडियोकाे निर्देशन नारायण रिजालको रहेको छ । शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको यो गीतलाई योगेशकाजीले संगीत सृजना र संगीत एरेञ्ज गरेका छन् । यो गीतको पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ गरेका छन् । 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ एवं लोकप्रिय गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता तथा वरिष्ठ संगीतकार राजु सिंह, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मिहरु सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यतामा राजधानीमा एक कार्यक्रमको आयोजना गरी  यो गीतलाई सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलमार्फत श्रोता/दर्शकमाझ आएको यस भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफ छ भने रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेकोछ । यस्तै यसमा ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको छ भने नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिरले गरेको हो । 

गीत हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला
ppp 2