STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्छ – नेत्री कोइराला

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ ।
 
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।” 
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो । 
एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उहाँले भन्नुभयो, “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।”देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
Categorized in राजनीति