STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साँझ ६ बजेपछि आमहडताल टुंगिने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार

नेकपा  प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे टुंगिने जनाइएको छ ।

साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो आमहडतालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने । संवैधानिक आयोगमा बलजफ्ती नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार तीव्र रूपमा अघि बढेकाले त्यसका विरुद्ध आमहडताल गरिएको त्यस समूहको प्रष्टीकरण छ ।

अध्यक्ष माधवकुमार नेपालले आमहडतालका कारण जनतालाई कस्ट परेको भन्दै माफीसमेत मागेका छन्। जनताले एक दिन सास्ती व्यहोर्नुपरे पनि ओलीको तानाशाही प्रवृत्ति अन्त्यका लागि आमहडतालको विकल्प नभएको उनको तर्क छ ।

Categorized in राजनीति