STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसद विकास कोषको रकम विकास निर्माणमा

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ६, आइतबार

संसद् विकास कोषबाट विनियोजित रकमबाट पाल्पामा विभिन्न विकास निर्माणका काम भइरहेका छन् । सरकारले एक निर्वाचन क्षेत्रमा रु ६ करोड विनियोजन गरेको छ । सांसद दलबहादुर रानाले विनियोजन भएको रकम मध्ये ठूला योजनामा रु ५० लाख बराबर र साना योजनामा रु १० लाख बराबरका योजना रहेको जानकारी दिनुभयो । तिनाउ–चर्चरे–मराम मोटरबाटो स्तरोन्नति, तानसेन–गुन्द्रीखोल्सा सामुदायिक रेडियो मदनपोखरासम्म मोटरबाटो, माथगढी–५ गढवासा मनसेवा कुम्भी मोटरबाटो, माथागढी सराई सिरकारकोट हर्नेटार सडक ट्र्याक खोल्ने, रम्भा–२ बेलौजी सेजु खोलाखेत पन्टार मोटरबाटो निर्माण, घ्याङ्सिं–पोखराधाम आर्गीडाँडा व्याधि सडक, रम्भा गाउँपालिका–५ सतीढुङ्गा लिफ्टिङ खानेपानी योजनाकार्यान्वयनमा रहेका छन् । उहाँका अनुसार पूर्वखोला–देवीनगर वडा भवन निर्माण, पूर्वखोला–रिङ्नेरह–ढाक्रेवास सडक, उदबुद्ध कलेज भवन निर्माण, निस्दी–५ ढुङ्गानाबेँसी बजार कालोपत्र, निस्दी–अर्चलेमा लेकडाँडा पर्यटकीय गोलघर निर्माण, निस्दी–लाबेदमार जलुके सडक स्तरोन्नतिलगायतका विभिन्न विकास निर्माणका लागि बजेट विनियोजन भएको छ । यस्तै निस्दीको झिरुवास खेलमैदान निर्माण, रामपुर–६ गैटारको सामुदायिक भवन निर्माण, रामपुर खोप्टारको रजघरा मोटरबाटो नाली तथा स्तरोन्नति, गेझा रामपुर टोक्से पलेङ्मा मोटरबाटो ट्र्याक खोल्ने काम, रामपुर–९ को जनशान्ति मावि सभाहल क्रमागत, रामपुर खालीवन देउराली विद्युत् फलामे पोलका लागि, रामपुर किसानबारी मोहटी सर्पराज विक्रम्दी मोटरबाटो, रामपुर–४ को भालुआँप, बसपार्क निर्माण कार्य अगाडि बढेकोे छ । रामपुर बर्दाकोटमा पाहुनाघर निर्माण, रामपुर–१ पन्थे बर्दाकोट मोटरबाटो स्तरोन्नति, रामपुर–१ साखर्दी सामुदायिक भवन निर्माणलगायतका विभिन्न विकास निर्माणका काम केन्द्र सरकारको सहयोगमा भइरहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय