STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांसद सिंहले संसद बैठकमै कपडा फुकाले

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २५, सोमबार

काठमाडौं - प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।

आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका थिए । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।

Categorized in राजनीति