relans
ni new 83
nib 2082 5

साउनपछि कोरोना संक्रमण घट्दै जान्छ : स्वास्थ्य मन्त्रालय

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २१, बिहिबार

काठमाडौं  -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनापछि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको छ भने यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ । त्यस्तै मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको उल्लेख छ ।

लोहनीले पेश गरेको विवरणमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको उल्लेख छ ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2