साझा धारणा तयार पार्न विपक्षी दलले बनाए कार्यदल
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २, बुधबार
काठमाडौं - विपक्षी दलहरूले कार्यदल गठन गरेका छन्। बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो।
समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जानकारी दिए।
कार्यदलमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एकीकृत समाजवादीको तर्फबाट वेदुराम भुसाल रहेका छन्। सरकार स्वेच्छाचारी भएको निष्कर्ष निकालेको बैठकले त्यसको डटेर प्रतिवाद गर्ने निर्णय पनि गरेको छ।
त्यसबारे धारणा सार्वजनिक गर्न उनीहरूले भोलि पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएका छन्। पत्रकार सम्मेलनमा जानुअघि विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको माओवादी केन्द्रका नेता पुनले जानकारी दिए।
विपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतको बैठकमा सहभागिता थियो।
Categorized in राजनीति

