STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साझा पार्टीको युवा संगठनको केन्द्रीय समिति बिस्तार

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार

विजयरत्न असंबरे


साझा पार्टीको युवा दस्ताको रुपमा रहेको साझा युवा संगठनले आफ्नो केन्द्रीय समितिमा ११ जना नयाँ सदस्य थपेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको कुरा साझा युवा संगठनका संयोजक अब्दुस मियाँले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । साझा युवा संगठनको केन्द्रीय समितिमा नयाँ थपिएका सदस्यहरूमा सफा लुगा स्टार्टअपका संस्थापक एवम् पब्लिक स्पिकर नेपालका उपविजेता प्रणव काफ्ले, पुल्चोक क्याम्पसमा स्नातकोत्तर अध्ययनरत इन्जिनियर अनिता शर्मा, युथ थिंकर्स सोसाइटी पोखराकी उपाध्यक्ष अर्पणा केसी, प्रदेश नं २ मा रहेर पत्रकारितामा संलग्न सौरभ यादव, इन्जिनियर अनिल कुमार यादव, ब्रिटिस कलेजमा अध्ययनरत मानसी पण्डित, काठमाण्डौ विश्वविधालयमा अध्ययनरत विवेक योन्जन, नर्सिङ पेसामा आबद्ध पवित्रा थापा, चार्टर एकाउन्टेन्सी अध्ययनरत प्रदिप उप्रेती, ग्लोबल लिडका सिईओ राम प्रसाद पौडेल र इन्जिनियर विवेक विश्वकर्मा रहेका छन् । साझा युवा संगठनले विविध क्षेत्रमा क्रियाशील एवम् फरक पृष्ठभूमिका युवाहरुलाई संगठनमा आबद्ध गराउॅदै संगठनलाई थप मजबुत तथा नेपालको युवा आन्दोलनको बलियो केन्द्र बनाउने लक्ष्य लिएको छ कुरा पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । संगठनमा नयाँ सदस्यहरूको आगमनले संगठनको नेतृत्वमा बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको कुरा संयोजक मियाँले बताएका छन् ।
Categorized in राजनीति