STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सातदोबाटो पौडी पोखरी सर्वसाधारणका लागि खुला

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १६, बिहिबार

ललितपुर - सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।

आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगतका लागि प्रति सिफ्ट रू दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू १३ हजार शुल्क तोकिएको छ ।

गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रू एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।

Categorized in राष्ट्रिय