STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सात दल आबद्ध रहेर तराई–मधेस केन्द्रित दलहरूले लोकतान्त्रिक मोर्चा घोषणा

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २१, बिहिबार

काठमाडौं - सात दल आबद्ध रहेर संविधान संशोधन लगायत २६ वटा उद्देश्य राखी तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरेको छ।

वृषेशचन्द्र लाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र रेशम चौधरी आदिको संघीय लोकतान्त्रिक मोर्चा नाम दिइएको छ ।  

राज्यको तर्फबाट प्रदान गरिने सेवा, सुविधा जनतामाझ पुर्‍याउन प्रदेशलाई सक्षम बनाउनुपर्ने र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने उद्देश्य मोर्चाले समाबेस गुरेको छ ।  विगतमा नेपाल सरकार र आन्दोलनकारीहरु बिच भएको २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताको साथै  सरकारबिच गरिएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । 

Categorized in राजनीति