relans
ni new 83
nib 2082 5

सानु सुब्बा रचित मिलन नेवारको ‘अलि अलि माया’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष ८, मंगलबार

सिरिमासिरि, फुलबुट्टे सारी,जहिले सम्म संसारमा   जस्ता लाेकप्रिय गीतका चर्चित गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको  नयाँ गीत ‘अलि अलि माया’ सार्वजनिक भएको छ। यस गीतका गीतकार  समाजसेबी सानु सुब्बा हुन् । उक्त गीत सानु सुब्बा अफिसियल युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो।

गीतमा सानु सुब्बाको शब्द, ओम राईको संगीत तथा देवेश राईको म्युजिक एरेन्जमेन्ट रहेको छ। गीतको सम्पूर्ण रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको बताइएको छ।

गीत सार्वजनिक गर्दै सानु सुब्बा लगायत सम्पूर्ण टिमले दर्शक–श्रोताले गीतलाई माया गर्दै लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुका साथै सल्लाह–सुझाव र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा व्यक्त गरेका छन्। साथै गीतप्रति देखाइने सबैको माया र समर्थनप्रति आभार प्रकट गरेका छन्।

Categorized in साहित्य-कला
ppp 2