STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामाजिक सञ्जालका र सञ्चार माध्यममा आएका विवादहरुमा कलाकार सङ्घले मुख फोडे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २७, शनिबार

विजयरत्न असंबरे


नेपालको चलचित्रमा कार्यरत चलचित्रकर्मि अरुका बारेमा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा आएका आरोप, प्रत्यारोप, विवादलगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार सङ्घको फेरि ध्यानाकर्षण भएको जनाइएको छ भने यसबारे सङ्घले आफ्नो धारणा अगाडि ल्याएको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी मिति ०७७ जेठ १८ गते, ०७७ जेठ २३ गते र ०७७ असार १८ गते प्रेस विज्ञप्ती मार्फत सबै पक्षको ध्यानाकर्षण गराएको भन्दै फेरि ध्यानाकर्षण भएको जनाएको हो । चलचित्र कलाकारका समस्या र विवाद समाधानका लागि सङ्घले पहल गर्दै आइरहेको पनि भनिएको छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफूलाई लागेका कुराहरु मात्र हैन पीडालगायतका विकृती विसङ्गती विरुद्ध आवाज उठाउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो । कसैको अभिव्यक्ती चित्त बुझेन भने शिष्ट भाषामा मर्यादित तरिकाले त्यस्को आलोचना र प्रतिवाद गर्न पाइन्छ । तर, आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन गर्नु निन्दनिय हुने भनिएको छ । कुनै कलाकारलाई दुव्र्यवहार भए, हिंसामा परे वा मर्कामा परेमा तत्कालै आफ्नो मर्का पीडा आफूमाथि भएको दुव्र्यवहारबारे सङ्घलाई जानकारी गराउने र सोही समयमा आवश्यक कानुनी उपचार लिएमा प्रभावकारी हुने भएकाले तत्काल आफ्नो पीडा, समस्या, मर्का, सङ्घलाई जानकारी दिने र कानुनी उपचार लिने सङ्घका सबै सदस्यहरुलाई पनि यसै बक्तव्य मार्फत अनुरोध गर्न चाहन्छौं भनिएको छ । यस्तै साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सचेतना फैलाउने कार्यको समेत अभिभारा लिएका कलाकारहरुले आदर्श समाज निर्माण गर्नुपर्ने भएकाले कलाकारहरुले हिंसा पीडा र अन्यायलाई निरुत्साहित गर्न लागिपर्नु पर्ने कुरा पनि यसै बक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं । हाल चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि चलचित्र क्षेत्रका सबै पेशागत सङ्घ संस्थाले चासो राख्नु पर्ने र ऐक्यवद्ध हुनुपर्ने पनि यसै बक्तव्य मार्फत नेपाल चलचित्र कलाकार सङ्घले अनुरोध यसै विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
Categorized in सिनेमा