STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, दुरुपयोग गरे दुई वर्षसम्म कैद !

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १५, मंगलबार

काठमाडौं - सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक संसदमा दर्ता गराएका हुन्। 

विधेयकमा कसूर र सजायसम्बन्धी व्यवस्था छ। यसमा कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द,तस्बिर,संकेत भीडीयो,अडियो,मिथ्या वा भ्रामक सूचना प्रसार गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यसैगरी सामाजिक सञ्जालमा बीभत्स तस्बिर वा अडियो वा भिडियो पोष्ट वा सेयर गरेमा  तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नु पर्नेछ।

कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा हदैसम्मको कारवाही भोग्नुपर्नेछ। उक्त व्यवस्था अनुसार कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा तीन वर्षसम्मको कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ। यसैगरी फिसिङ वा इम्पोष्टर स्क्याम गर्नेले पनि अब छुट पाउने छैनन्। यस्तो कसूर गरेमा तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

सामाजिक सञ्जालमा बेनामी वा छदमभेषी ९फेक आइड, पेज, समूह० वा अरुको नामबाट पहिचान सिर्जना गर्ने,त्यस्तो बेनामी वा छद्मभेषी पहिचानमार्फत् विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने,अरुको विषयवस्तु सेयर गर्ने,कमेन्ट गर्ने वा कल गर्ने कार्य गरेमा पनि कैद  वा जरिवाना व्यहोर्नुपर्नेछ।

Categorized in विज्ञान-प्रविधि