STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामाजिक सद्भावका लागि ‘स्कूल’ कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १३, शुक्रबार

सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरणका लागि ‘स्कूल’ कार्यक्रम गरिएको छ । बास संस्थाद्वारा सञ्चालित दिगो विकास र सामाजिक सद्भावका लागि नागरिक सहभागिता परियोजनाअन्तर्गत स्कूल कार्यक्रमको आयोजना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सामाजिक सद्भाव प्रर्वद्धनका विभिन्न गतिविधि सञ्चालन गर्न मद्दत पु¥याउने उद्देश्यले बिहीबार सो कार्यक्रम गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले बताउनुभयो । कार्यक्रममा सामाजिक सद्भावका सम्बन्धमा स्पष्ट दृष्टिकोणको विकास गर्न, सामाजिक सदभाव समितिसँग सिकाइ र अनुभव आदानप्रदान गर्ने र सद्भाव समितिलाई थप क्रियाशील बनाउन संयुक्त कार्ययोजनासमेत निर्माण गरिएको छ । यसरी तयार गरिएको कार्ययोजनामा सामाजिक सद्भाव समितिको मासिकरुपमा नियमित बैठक गर्ने, विभिन्न चाडपर्वमा शुभकामना आदानप्रदानलगायतका सामाजिक सद्भाव कायम गर्न आवश्यक क्रियाकलाप गर्ने, विद्यालयस्तरमा हुने अतिरिक्त क्रियाकलापमा सामाजिक सद्भावका विषयलाई प्राथमिकता दिनेलगायत रहेका छन् । सामाजिक सद्भाव मूल समितिका संयोजक तथा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले सामाजिक सद्भावको अभ्यास आफैँबाट शुरु गर्नुपर्ने बताउनुभयो । सामाजिक सद्भाव मूल समितिले विभिन्न पर्व तथा सांस्कृतिक चाडमा सामाजिक सद्भाव कायम गर्न विभिन्न क्रियाकलाप गर्दै आएको बताउँदै उहाँले अन्य संस्थालाई समेत आआफ्नो क्षेत्रबाट सामाजिक सद्भावका लागि काम गर्न अपिल गर्नुभयो । सामाजिक सद्भाव, सुशासन तथा लैङ्गिक समता तथा समावेशीकरणमा केन्द्रित कार्यक्रममा लैङ्गिक समता तथा सामाजिक समावेशीकरणका विषयमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक रवीन्द्र कर्ण, सामाजिक सद्भाव र सुशासनका विषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपनिर्देशक हेमराज भट्ट र बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजीकरण गर्नुभएको थियो । बासले सो परियोजनाअन्तर्गत बाँकेको नेपालगञ्ज र नरैनापुर गाउँपालिकामा स्कूल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Categorized in राष्ट्रिय