STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्वजनिक सवारीका सबै सिटमा यात्रु राख्न पाइने, भाडा दर पुरानैै

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २७, मंगलबार

काठमाडौं – सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को  बैठकले  सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय गरेको हाे । तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।

Categorized in बिजनेस