सिफारिस पदाधिकारीको संसदीय सुनुवाइ नहुने
Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार
काठमाडाैं – विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ नहुने भएको छ ।
संवैधानिक परिषद् बैठकले ३० मंसिरमा नै विभिन्न संवैधानिक निकायमा पदाधिकारीको सिफारिस गरेको थियो भने सो सिफारिस विवादमा तानिएको छ ।
यहीबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाइ नहुने भएको हो ।
सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसदीय सुनुवाइका लागि संसद सचिवालयमा आयुक्तहरूको नाम सिफरिस भए पनि समितिको अस्तित्व नभएका कारण सुनुवाइ नहुने बताए । प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त समिति भए पनि प्रतिनिधिसभा विघटन भएकाले बैठक बस्न नसक्ने उनको भनाइ छ ।
विभिन्न संवैधानिक आयोगहरूमा ४५ जनाको नाम सिफारिस भएको छ ।
Categorized in राजनीति

