STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिमानाको पीडा बोकेको चलचित्र ‘काँडेतार’ शुटिङ सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष १०, शनिबार

सिमानामा काँडेतार बारले मुलुक बीचमा नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सदभाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ ।

आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशक नवल खड्काले विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्नथरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु  भनेर भनेका छन् । 

करिब तीन करोड रुपियाँको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’मा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी., खेम नेपाली, देवेन्द्र कोईराला, रामबिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की , छवि बैरागी घिमिरे बाल कलाकार मानादिया खड्का र सनया खड्का आदिको अभिनय देख्न पाइनेछ ।

नवल खडकाको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम अधिकारी र नवल खड्का, छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंङ्ग माझी, संगित मणि थापा र दिपक शर्माको रहेको छ ।

Categorized in सिनेमा