STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनकाे मूल्यमा नयाँ उचाइ, ताेलाकाे १ लाख नाघ्याे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार

काठमाडौं – नेपाली बजारमा सुनकाे मूल्यमा नयाँ उचाइ पुगेकाे छ । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूल्य बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।
Categorized in बिजनेस