relans
ni new 83
nib 2082 5

सुनकोशीमा बालक बेपत्ता

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार

 तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् । 

फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिनुभयो ।

स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उहाँले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना
ppp 2