STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनवार भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर २८, बिहिबार

साहित्यकार, सर्जक तथा गायिका तारादेवी सुनुवारले आफ्नो जन्म दिनको अवसर पारेर सुनुवार भाषाको गीत "फेनेरेल्फु रेल्षा :आ” सार्वजनिक गरेकी छन् । बुधबार जावलाखेल स्थित एलिनाज बेकरीमम आयोजित एक कार्यक्रमबीच सर्जक सुनुवारले आफ्नो मातृभाषाको गित "फेनेरेल्फु रेल्षा :आ” आफ्नै  युट्युब तारा सुनुवार मार्फत् सार्वजिनक गरेकी हुन् । 

कार्यक्रममा प्रमख अतिथी चलचित्र निर्देशक, लेखक तथा साहित्य अन्वेषक प्रकाश सायमीले नेपालमा बोलिने सुन्दर  भाषा मध्ये एक सुनवार भाषामा पनि म्युजिक भिडियो बन्नु भनेको सुखद कुरा हो भन्दै यसरी आआफ्ना भाषाको संरक्षण र सम्बर्द्धन गर्दै नेपालको सांगितिक ढुकुटी बलियो पार्नु पर्दछ भनि भने ।

उक्त गीतका रचनाकार तारादेवी सुनुवार आफै हुन् भने सो गीतको म्युजिक भिडियोका निर्देशक बृहसमान सुनुवार हुन्  र कोरियोग्राफी पनि निर्देशक कै रहेको छ । गीतमा  तारादेवी सुनुवारलाई गायक पुस्कर सुनुवारले साथ दिएका छन् । 

सो गीतमा म्युजिक एरेन्ज पुस्कर सुनुवारको रहेको छ भने मिक्सीङ्ग मास्टरमा विप्लव अधिकारी रहेका छन् । यस गीतमा गायिका तारा सुनवार का साथै बृहसमान सुनुवार, अन्जु सुनुवार लगायतका कलाकारले अभिनय गरेका छन् । गीतको भिडियो र ईडिटिङ मोहन सुनुवारले गरेका छन् । 

गोरखापत्र दैनिकको नयाँ नेपाल पृष्ठका सुनवार भाषा संयोजक विमला सुब्बाले स्वागत मन्तव्य राखेको  गीत सार्वजनिकिकरण कार्यक्रमको सभापतित्व  सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले ग्रहण गरेका थिए । वरिष्ट चलचित्र पत्रकार विजयरत्न तुलाधरले समीक्षात्मक टिप्पणी राखेको सो कार्यक्रममा नेपाली चलचित्र निर्देशक, लेखक तथा साहित्य अन्वेषक प्रकाश सायमीकाे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारलगायतले राष्ट्रिय बाणिज्य बैङ्कको तह ९ मा पदोन्नती हुनु भएका फौद बहादुर सुनुवारलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

Categorized in साहित्य-कला