STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनसरीकी प्रतिभाले बनाएको छोटो चलचित्रले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार

विजयरत्न असंबरे
सुनसरी ईनरुवा घर भई दिल्ली मा मास कमन्युकेसनमा मास्टर गरेकि प्रतिभा अर्चना राठी द्वारा लिखित छोटो चलचित्र "स्पेसल डे" ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल 2020 जुरि अवार्ड सहित अन्य धेरै अवार्ड हात पार्न सफल भएको छ । उनले प्राप्त गरेको अवार्ड मा Tagore international film festival 2020 मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड , Cult Critic Award 2020 को विजेता घोषित भएकी छिन् भने उनको यो शर्टफिल्म New york Movie Award 2020 को फाईनलिस्ट , Couch Film festival 2020 को सेमि फाईनलिस्ट हुनुका साथै यो चलचित्र ले धेरै अन्तरास्ट्रिय चलचित्र महोत्सवमा सहभागी भई सकेको छ । आमा छोराको सम्बन्ध को कथामा आधारित ११ मिनेट २१ सेकेन्ड लामो चलचित्र एकदमै मार्मिक बनेको बताइएको छ । कलर टिभी बाट प्रशारण हुने खतरोके खिलाडि सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिवुडकी चरित्र अभिनेत्री शिबा चड्डा को मुख्य भुमिका रहेको यस छोटो चलचित्र को निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानी ले गरेका हुन् । यश छोटो चलचित्र कि लेखिका प्रतिभा इनरुवा का पुरानो ब्यापारी घराना प्रकाश राठिका छोरी हुन । सानै देखि लेख रचनामा रुचि राख्ने प्रतिभा ले EPS स्कुल काठमाडौ बाट एस एल सि उतिर्ण गरेकी हुन । भारतको सिलिगुडी बाट इन्टर को अध्ययन गर्दै उनले कलकत्ता बाट ईङलिसमा ब्याचलर गरेकी हुन् । मास कमन्युकेसनमा मास्टर सकेर उनले ईन्डिया टुडे र द हिन्दु मा काम गर्न थालिन यहि क्रममा उनी द हिन्दु को ब्रान्च अफिस मुम्बईमा मा काम गर्न पुगिन् । काम गर्ने सिलसिलामा उनले धेरै बिषयमा आर्टिकल अनि कथाहरु लेख्न थालिन् । मुम्बईमा रहँदा लेखेको स्पेसल डे को कथा धेरै साथिहरुले मन पराए अनि साथिहरुकै सहयोगमा टिम बन्यो र छोटो चलचित्र पनि बन्यो र धेरै अवार्ड पनि जित्यो भन्दै खुशी ब्यक्त गर्छिन् प्रतिभा । मदर्स डे लाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको यस चलचित्र का लेखिका को नाम प्रतिभा राठी हो तर उनले आफ्नो नामको बिचमा आमाको नाम अर्चना राखी प्रतिभा अर्चना राठी लेख्ने गरेकी छन् , अहिलेको पुरुष प्रधान देशमा यो एउटा नौलो सुरुवात हो । चलचित्र को अन्त्यमा सबै टिमले आ आफ्नो आमाको साथमा खिचेको तस्वीर हरु राखेका छन् । प्रतिभा अर्चना राठि अहिले मुम्बई मा नै कार्यरत छिन् । (सर्टफिल्म हेर्न यहाँ क्लिक गर्नुहोला)
Categorized in सिनेमा