STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ २५, बुधबार

सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने भएको छ ।  नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराए अनुसार प्रधानकै संयोजकत्वमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म गरेर जम्मा ५ दिन उक्त महोत्सव हुन लागेको हो ।

सांस्कृतिक तथा पर्यटन महोत्सव २०७९ नाम दिइएको यो महोत्सव ऐतिहासिक हुने चलचित्रकर्मि प्रधान बताउँछन् ।

महोत्सवमा सहभागी चलचित्रहरु ईनरुवाको सिवी हल एवं कमल टाँकिजमा प्रदर्शन गरिनेछ । महोत्सवको परिकल्पनाकारमा स्वंयम् चलचित्रकर्मि अरुण प्रधान आफै हुन् । आयोजकमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in राष्ट्रिय