STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनसान बन्दै हुलाक कार्यालय

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

कुनै समय इन्टरनेटको जमाना थिएन, सूचना आदान–प्रदान चिठीबाटै हुन्थ्यो तर अहिले प्रविधिको विकास भयो । सूचना आदान–प्रदान गर्नका लागि फोन र इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग हुने गरेको हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले बताउनुभयो । पहिलेको तुलनामा चिठीपत्र कम आउन थालेको उहाँको भनाइ छ । व्यक्ति तथा सङ्घ संस्थाले इमेल, इन्टरनेट, फ्याक्सलगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठीपत्र कम आउन थालेका हुन् । अहिले हुलाकमार्फत व्यक्तिगत चिठी एकदमै कम आउने गरेको छ । छिटफुट रुपमा संस्थागत चिठी आउने गरेको उहाँको भनाइ छ । हुलाक कार्यालय दाङबाट दैनिक १५० को हाराहारीमा चिठीपत्र आउने तथा जाने गरेका छन् । हाल हुलाक कार्यालय दाङले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक, बैंक सेवा, धनादेश सेवा, ५०० वाट क्षमताका एफएम रेडियो नवीकरण, रोयल्टी, केवल टेलिभिजन नेटवर्कको नवीकरण, तथा रोयल्टी बुझ्ने, सूचना हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक बडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उहाँले बताउनुभयो । हुलाकबाट ४५ लाखको टिकट बिक्री हुलाक कार्यालय दाङले गएको आर्थिक वर्ष २०७५÷०७६ मा रु ६० लाख १३ हजार ३०० राजश्व सङ्कलन गर्न सफल भएको छ । जसमा रु ४५ लाखको टिकट बिक्री गर्न सफल भएको जिल्ला हुलाक कार्यालय दाङका कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय