STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनिता डंगोल उपमेयरतर्फ रफ्तारमा अघि बढ्दै

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको उप–प्रमुख (उप–मेयर) मा सुनिता डंगोलले आफ्नो मतलाई झन् रफ्तारमा अघि बढाएकी छन् ।

उनले अन्य प्रतिस्पर्धीलाई पुच्छारमा छाड्दै अघि बढेकी छन् । हालसम्म उनले ३१५८ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धीहरु नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेश्वर श्रेष्ठले ९१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि बिनिता मगैयाले ६९२ र विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत ल्याएकी छन् ।

अहिलेको प्रारम्भिक मतगणनालाई हेर्ने हो भने सुनिताको जीत निश्चितजस्तै भएको छ । किनकि अन्य प्रतिस्पर्धीले उनलाई टक्कर दिन सकेको देखिँदैन ।

Categorized in उपत्यका