STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २९, सोमबार

काठमाडौं– प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संसदीय दल बैठकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

साथै बैठकले अवरुद्ध संसद् नियमित गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

Categorized in राजनीति