STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुन तस्करीबारे गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १, बिहिबार

काठमाडौँ - सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले नेपालखबरलाई जानकारी दिए। 

भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए। 

प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर/डीएफएलमा लगातार देखिएका व्यक्तिको सूची समेत समावेश छ। साथै, निर्दोष देखिएका व्यक्तिको नामावलीसहितको प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको उनले बताए। 

विभिन्न समयमा विभिन्न माध्यमबाट भित्रिएको सुनबारे छानबिन गर्न उच्चस्तरिय जाँचबुझ आयोग बनेको थियो। आचार्य अध्यक्ष रहेको सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन्। 

राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागेका बेला सरकारले आयोग गठन गरेको थियो।

Categorized in राजनीति